नेपालगन्जः नयाँ वर्ष २०७७ को आगमनसगैं नेपालमा दुईजनामा कोरोना संक्रण देखिएकोछ ।
नेपालमा सोमबार कोरोनाका थप दुईजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ जना पुगेका छन् ।
यसअघि वीरगन्जमा रहेका ३ जनामा कोरोना देखिएको थियो भने आज भएको परीक्षणमा कैलाली लम्कीकी ६५ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय युवामा कोरोना देखिएको छ । दुवैजना क्वारेन्टिनमा बसेका थिए ।