नेपालगन्ज: नयाँ वर्षको दोस्रो दिन मङ्गलबार नेपालमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएकोछ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेकोछ ।
नयाँ वर्षको पहिलो दिन सोमबार दुईजनामा कोरोना पोजेटिभ देखिएको भोलीपल्ट पुनः दुईजनामा कोरोना पोजेटिभ देखिएको हो ।
काठमाण्डौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार ¥यापिड टेष्टका क्रममा एण्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।