बाके (राप्तीसोनारी) :राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर १ कुसुममा सर्भिलेन्स तथा परामर्श केन्द्र, हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पैदल आवत–जावत गर्ने यात्रुको स्वास्थ्य जाँच तथा उद्वार गर्न डेस्क सञ्चालनमा ल्याइएको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रमुख प्रसाशकीय अधिकृत दलबहादुर बस्नेत, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विस्णुप्रसाद चुडाली, देबेन्द्र केसी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
पैदल यात्रुको स्वास्थ्य जाँच गरी उनीहरुको समस्या बुझेर गाउँपालिकाको सीमासम्म पु¥याउने ब्यवस्था मिलाइएको अध्यक्ष थारुले बताए ।
गाउँपालिकाले ट्याक्टरको ब्यवस्था गरि राजमार्गमा अलपत्र परेका पैदल यात्रुलाई आफ्नो सीमासम्म पु¥याएको उनले जानकारी दिए ।
प्रमुख प्रसाशकीय अधिकृत बस्नेतले डेस्कमा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको जानकारी दिए ।