वडाअध्यक्ष चलाउनेको सक्रियतामा अलपत्र परेकाको उद्दार


वडाअध्यक्ष चलाउनेको सक्रियतामा अलपत्र परेकाको उद्दार

नेपालगन्ज: कोहलपुर बजारमा अलपत्र परेका दुई दर्जन महिला तथा पुरुषलाई उद्दार गरि बाँके–बर्दियाको सीमासम्म पु¥याइएकोछ ।

पूर्वी जिल्लाका विभिन्न स्थानबाट पैदल हिडँेर कोहलपुर सम्म आएका दुई दर्जन पैदल यात्रुलाई उद्दार गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नीरज चलाउनेको सक्रियतामा उनीहरुलाई उद्दार गरि पठाइएको हो ।

अध्यक्ष चलाउनेले नगरपालिकाको ट्रयाक्टरबाट बाँके र बर्दियाको सीमामा पु¥याएका हुन् । कोहलपुरमा अलपत्र अवस्थामा परेका उनीहरुलाई अध्यक्ष चलाउनेले खाजा र पानीको ब्यवस्था गरेका ।

अध्यक्ष चलाउनेले बर्दिया राजापुरका मेयरसगं फोन सम्र्पक गरि दुईपक्षिय सहमतिमा उनीहरुलाई बाँके–बर्दियाको सीमासम्म पु¥याइएको हो । त्यहाँबाट राजापुरबाट आएको बसमा उनीहरुलाई राजापुर लगिएको थियो ।