चिनमा फेरि फैलियो कोरोना, एकैदिन १२ सय ९० जनाको मृत्यु


चिनमा फेरि फैलियो कोरोना, एकैदिन १२ सय ९० जनाको मृत्यु

नेपालगन्ज: कोरोना भाइरसको महामारी नियन्त्रण भएको चिनमा एकैपटक भयानक रुपमा मृत्युको तथ्यांक बाहिरिएकोछ । वल्डओमिटरका अनुसार चिनमा पत्याउनै नसकिने कोरोनाबाट मर्नेको संख्या बाहिरिएपछि विश्वजगत चकित परेको छ ।

चिनमा कोरोना नियन्त्रण भइ सहजरुपमा आवागमन भइरहेको बेला एकैदिन कोरोनाबाट करिब १३ सयको मृत्यु हुन पुगेको छ । वल्डओमिटरको तथ्यांक अनुसार २०२० अप्रिल १७ तारिखमा एक हजार २ सय ९० जनाको कोरोना भाइरसबाट मृत्यु हुन पुगेको छ ।

जवकी गएको १० दिन यताको तथ्यांक हेर्ने हो भने चिनमा कोरोनाबाट प्रतिदिन एक/दुईजनाको मृत्यु हुदै आएको थियो । तर, १७ तारिखका दिन कोरोनाबाट झण्डै १३ सयको मृत्यु हुन पुगेपछि यो तथ्यांकले विश्वलाई चकित तुल्याई दिएको छ ।

चिनमा अप्रिल १६ मा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यस्तै अप्रिल १५ मा एक जनाको मृत्यु भएको छ भने अप्रिल १४ मा पनि एक जनाको मृत्यु भएको देखिन्छ ।

अप्रिल १३ मा कसैको मृत्यु भएको छैन । अप्रिल १२ मा दुईजनाको मृत्यु भएको छ भने अप्रिल ११ मा पनि कुनै मृत्यु छैन । त्यस्तै अप्रिल १० मा तीन जनाको मृत्यु भएको छ । अप्रिल ९ मा १ जनाको मृत्यु भएको छ । र अप्रिल ८ मा २ जनाको मृत्यु भएको छ ।

चिनमा प्रतिदिन एक वा दुईजनाको मृत्यु हुदैआएकोमा एकैदिन १२ सय ९० जनाको कोरोनाबाट मृत्यु भएपछि चिनमा पुनः कोरोना भाइरस फैलिएको पुष्टि हुन्छ ।

चिनमा अहिले सम्म ८२ हजार ६ सय ९२ संक्रमित भएका छन् भने त्यसमध्ये ४ हजार ६ सय ३२ जनाको मृत्यु हुन पुगेको छ र ७७ हजार ९ सय ४४ जना निको भएर घर फर्किसकेका छन् ।