कालोबजारि गर्ने सप्लायर्सलाई जरिवाना


कालोबजारि गर्ने सप्लायर्सलाई जरिवाना

नेपालगन्ज: बढी मुनाफा लिई उपभोक्ता ठगी गरेको आरोपमा नेपालगन्ज स्थित हिल्स मेडि सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी मुनाफा लिई ह्याण्डवास सेनिटाईजर बेचेको पाईए पछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको हो ।

बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाइ खरिद मूल्यमा अधिकतम बीस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न आदेश दिएको छ । सप्लाई वन्ली लेखिएको सेनिटाइजर बढी मूल्यमा बिक्री गरेको पाईएकोले दुई लाख रुपैयाँ जरिवाना भएको छ ।

अनुगमनका टोलीले उक्त सप्लायर्सलाई ह्याण्डवास सेनिटाइजर आफुले खरिद गरेको मूल्यमा अधिकतम बीस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न आदेश दिएको जनाएको छ ।

यसैगरि नेपालगन्ज स्थित कमला मिडीसिनले सप्लाई वन्ली लेखिएको सेनिटाइजर अर्को आदेश नभए सम्मकोलागि बिक्री नगर्न निर्देशन दिएको जनाएको छ । उपभोक्तालाई सोझै बिक्रि बितरण गर्न नपाउने ह्याण्डवास सेनिटाइजर बिक्रि गरेको भन्ने उजुरीका आधारमा अनुगमन भएकोमा बाँकी रहेका सेनिटाइजर बिक्रि बितरण नगर्न आदेश दिदै बुुझ्ने कार्य भैरहेको अनुगमन टोलीले जनाएको छ ।

यस्तै बजार अनुगमन टोलीले नेपालगन्जको टाँगा स्टेशन स्थित एक पसलेलाई चना बिक्रिमा अनुचित मुनाफा लिएको आरोपमा पाँच हजार गरेको जनाएको छ ।