नेपालगन्जका कर्मचारीले गरे आठ लाख सहयोग


नेपालगन्जका कर्मचारीले गरे आठ लाख सहयोग

नेपालगन्ज: कोरोना संक्रमण विरुद्ध स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा नेपालगन्ज उप–महानगरपालिकाका कर्मचारीहरुले आप्mनो पारीश्रमिक सहयोग गरेका छन् ।

नगरपालिकाका कर्मचारीले कोषमा ३ देखि ७ दिनसम्मको पारीश्रमिक सहयोग गरेका हुन् । नेपालगन्ज उप–महानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालका अनुसार, उपमहानगरपालिकामा कार्यरत सहसचिव र उपसचिव तहका कर्मचारीले ७ दिन, अधिकृत तहका कर्मचारीले ५ दिन र अधिकृत भन्दा मुनीका कर्मचारीले ३ दिनको पारीश्रमिक सहयोग गरेका छन् ।

उप–महानगरपालिकाले स्थापना गरेको कोषमा कर्मचारीले पारीश्रमिक सात लाख ७० हजार रुपैयाँ जम्मा भएको छ । कोषमा जम्मा गर्नका लागि शुक्रबार डिके फुड एण्ड मिट प्रोडक्टका सञ्चालक दीलिपकुमार सोनखरले नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणालाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

कोषमा हालसम्म राप्ती गणेश कन्स्ट्रक्सनले एक लाख एक हजार, विजय मेटल इण्डष्ट्रिजले ५१ हजार, चम्पालाल बोथ्रा र प्रदीप छाछेडले ५१ हजार र बागेश्वरी असल शासन क्लवले १० हजार रुपैयाँ सहयोग गरेकोछ ।

यस्तै नेपालगन्ज उप–महानगरपालिकाले कोषमा ३५ लाख रुपैयाँ जम्मा गरेको छ । कोषमा विभिन्न सङ्घ संस्था र ब्यक्तिहरुले खाद्यान्न सहयोग समेत गरेको बरिष्ठ आलेप अधिकृत अर्यालले जानकारी दिए ।