कोरोना कहरः एकैदिन थपिए १४ कोरोना संक्रमित


कोरोना कहरः एकैदिन थपिए १४ कोरोना संक्रमित

नेपालगन्ज: नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुक पेजबाट शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेकोछ । योसगैं नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेकोछ ।

शुक्रबार भेटिएका मध्ये उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन जिल्ला राप्ती नगरपालिका–८ का रहेकाछन् ।

सरकारले सार्वजनिक गरेको तथ्यांकका अनुसार उदयपुर जिल्लाका १२ जना रहेकाछन् । ती सवै पुरुष हुन् । जसमा उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेकाछन् । यस्तै चितवन जिल्लामा भेटिएको २ वटा नयाँ केसमा २ पुरुष रहेका छन् भने उनीहरुको उमेर २७ र ६३ वर्ष रहेकोछ ।

नेपालमा भेटिएका जम्मा कोरोना संक्रमित मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । भने हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।