बहराइनमा रहेका थप २७ नेपालीमा कोरोना पुष्टि


बहराइनमा रहेका थप २७ नेपालीमा कोरोना पुष्टि

नेपालगन्जः नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेसगैं विश्वभर रहेका नेपालीहरुको अवस्था पनि चिन्ताजनक बनेकोछ ।

नेपालमा शुक्रबार एकैपटक १४ जनामा कोरोना भाइरस संक्रमण देखिए लगत्तै बहराइनमा रहेका नेपालीमा पनि कोरोना संक्रमण देखएिकोछ ।

बहराईनमा शुक्रबारमात्रै थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएकोछ । योसगैं बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या ४९ पुुगेको छ ।

बहराईनमा रहेको नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ती जारी गर्दै थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

बहराइनमा अहिलेसम्म ९ सय ९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भइसकेको छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

यस्तै सरकारको उदासिनता, लापरबाही र गैरजिम्मेवारीका कारण विश्वभर रहेका नेपालीहरु यतिबेला कोरोना भाइरस र लकडाउनबाट उत्पन्न असहज परिस्थितीका कारण उच्च जोखिममा रहेकाछन् । भने यसतर्फ नेपाल सरकार, परराष्ट्र मन्त्रालय, बैदेशिक रोजगार प्रर्बद्धन तथा विभिन्न देशमा रहेका राजदूताबास एवं नियोगले प्रभावकारी कार्य गर्न सकेका छैनन ।