File Photo
नेपालगन्जः उदयपुरको भुल्केस्थित रहेको एक मस्जिदमा रहेका कोरोना संक्रमितका कारण नेपालको कोरोना भाइरस संक्रमित ग्राफ उकालो लागेकोछ ।
यसअघि उदयपुरको भुल्केस्थित सोही मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहीँ मध्ये आज ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसगैं नेपालमा कोरोना भाइरस संक्रमणको संख्या एक्कासी उकालो लागेर ४० पुगेकोछ ।
सोही मस्जिदमा रहेका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । पुनः परीक्षण गर्दा आशंकित ८ जनामा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयको तथ्यांक अनुसार यसअघि उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।
अहिले संक्रमण देखिएका आठ जना सोही मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागिरहदाँ हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएकोछैन । यद्यपी यसअघि संक्रमित ४ जना पूर्ण निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।