कोरोना संक्रमितको अवस्था के छ ?


कोरोना संक्रमितको अवस्था के छ ?

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ४८ जनामा रहेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म कोरोना भाइरस संक्रमित १० जना निको भएर घर पुगिसकेकाछन् ।

उनले भने ‘कोशी अञ्चल अस्पतालमा हाल २८ जना रहेका छन् तर भोजपुरको युवकलाई त्यही ल्याईदै गरेको त्यस अस्पतालमा हुदाँ २९ हुनेछन् । नारायणी उपक्षेत्रीय अस्पतालमा ५ जना, भरतपुर अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा १ जना, धनगढीस्थित सेती अस्पतालमा १ जना उपचाररत रहेका छन् । भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

नेपालमा हालसम्म देखिएको कोरोना भाइरस संक्रमणको तथ्यांकलाई मूल्यांकन गर्दा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के बस्तीमा सवैभन्दा बढि कोरोना भाइरस संक्रमित फेला परेकाछन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के स्थित नूरी मस्जिदमा केहीसमय अघि लुकेर बसेका जमातीमा पहिलो संक्रमण देखिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि यतिबेला उदयपुरको उक्त वस्ती सील गरिएकोछ ।

बिहीबार बेलुका कोरोना संकक्रमण देखिएका भोजपुरका २६ वर्षका पुरुष फागुन ३० गते साउदी अरबबाट हिमालयन एरलाइन्सको विमानबाट काठमाडौं आएका थिए । ती युवकमा आरडीटी पोजेटिभ देखिएपछि पुनः पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेका आफन्तहरुको सबैको नमुना संकलन गरिएको समेत मन्त्रालयले जनाएको छ ।