३१ वैशाखसम्म लकडाउन, खुकुलो गराउनु देशलाई घातक


३१ वैशाखसम्म लकडाउन, खुकुलो गराउनु देशलाई घातक

File Photo

नेपालगन्ज: नेपालमा कोरोना भाइरस संक्रमित फेला परेको चार महिना वित्यो । चाईनबाट आएका एक नेपालीमा पहिलो पटक माघ १० गते कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यसपछि अस्तब्यस्त बनेको सरकाले नेपालमा कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै गत चैत्र ११ गतेदेखि नेपाल–भारत र नेपाल–चीनतर्फको सवै नाका शील गर्दै देशभर लकडाउन लगाएको थियो ।

पहिलोपटक लगडाउन लगाएको सरकारले देशमा कोरोना संक्रमित व्यक्तिको ग्राफ उकालो लागेपछि दोस्रो र तेस्रो चरण गर्दै लकडाउनको समय अवधि बढाएको थियो । सरकारले आज बैशाख १४ गतेसम्म देशभर लकडाउन लगाइरहदाँ पछिल्लो ३१ दिनदेखि नेपाल पूर्णरुपमा बन्दाबन्दी भएकोछ ।

नयाँवर्षसगैं नेपालमा कोरोना भाइरस संक्रममितको संख्या नबढ्ने अपेक्षा गरिएको थियो तर, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केस्थित नूरी मस्जिदमा रहेका जमाती र उनीहरुका कारण अन्य ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेकोछ ।

डरलाग्दो स्वरुपमा कोरनो भाइरस संक्रमित ब्यक्तिहरु भेटिएपछि लकडाउनलाई केही खुकुलो बनाई जनजिवन सहज बनाउने मनसायमा पुगेको सरकारले अब लकडाउनलाई थप कडाईका साथ अघि सारी यसको समयावधि लम्ब्याउने तयारी गरेकोछ ।

पछिल्लोपटक थप गरेको लकडाउनको समयावधि भोली सोमबार सकिँदैछ । तर, प्राप्त जानकारीका अनुसार सरकारले वैशाख ३१ गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

आईतबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म लकडाउन लम्ब्याउने र कोरोना पूर्णतः नियन्त्रणमा लिन तयारी गरेको उच्चस्तरीय समन्वय समितिको स्रोतले जानकारी दिएकोछ ।

मुख्य सचिवको नेतृत्वमा रहेको उक्त कार्यदलले सरकारलाई लकडाउन थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । योसगैं नेपालमा लकडाउनको समयावधि बैशाख ३१ गतेसम्म हुने बुझिएकोछ ।

सो समितिले एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालिएको हो । यद्यपी शनिबार बसको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा हिमाली भेगमा लकडाउन खोल्ने र अन्यत्र कायमै राख्ने सुझाव दिएको थियो ।

नेपालमा कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले चालेको बन्दाबन्दीको कदमनै मुख्य कारक भएको भन्दै यस्तो विषम परिस्थितीमा लकडाउन खुकुलो बनाउनु देशकै लागि घातक हुने समितिको निष्कर्ष छ । अझ पछिल्लो पटक विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमबाट हटाउँदै जोखिमको सूचीमा राखेको छ । जो नेपालका लागि खुशीको कुरा हो । तर, नेपालमा लक्षण विनाका कोरोना संक्रमित र कोरोना संक्रमणको उचित मात्रामा परीक्षण हुन नसकेको अवस्थामा लकडाउनलाई खुकुलो बनाउनु वा हटाउनु राष्ट्रका लागि ठूलो घात हुने समितिका सदस्य बताँउछन् ।

अझ सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ । सरकारले चालेको कदमका कारण कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल एसियाकै अग्रस्थानमा रहेको सरकारले निचोड निकालेको छ ।

एक तथ्यांक अनुसार कोरोना सङ्क्रमण देखिएका मध्ये एसियाका १० मुलुकमा एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । त्यसमा नेपाल पनि पर्छ । दक्षिण एसियामा कोरोना परीक्षण गर्ने सन्दर्भमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भुटान र मालदिभ्स छन् ।

१२ जना घर पुगे, अन्यको स्वास्थ्य सामान्य

हाल देशमा कोरोना भाइरस संक्रमित ४९ जना फेला परेका छन् । जसमध्ये उपचारपश्चात् १२ जना निको भएर घर गइसकेका छन् । केहीको स्वास्थ्य पहिलेको भन्दा थप सुधारात्मक भएकाले केहीदिनमा थप संक्रमित पूर्ण निको भएर घर जाँदैछन् ।

देशभरका आइसोलेसनमा ८७ जना उपचारार्थ छन् । यसबीचमा ९ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । ३९ हजार ६ सय ७० जनाको आरडीटी परीक्षण गरेको र १४ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहको स्वास्थ्य मन्त्रालयले बताएकोछ । हालसम्म नेपालमा कोरोना भाइरसकै कारण कसैको पनि मृत्यु भएको छैन ।