पत्रकार भण्डारीद्वारा राप्ती सोनारी गाँउपालिकालाई एन–९५ मास्क र स्यानिटाइजर प्रदान


पत्रकार भण्डारीद्वारा राप्ती सोनारी गाँउपालिकालाई एन–९५ मास्क र स्यानिटाइजर प्रदान

सद्भाव ग्रुप प्रालिका अध्यक्ष दामोदर भण्डारीद्वारा राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुलाई मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिदैं । तस्विर :सेतोखरी

अगैया(बाँके): कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालगन्जमा रहेको सद्भाव ग्रुप प्रालिले मास्क तथा स्यानिटाइजर वितरण गरेकोछ ।

सद्भाव ग्रुप प्रालिका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुलाई आईतबार गाँउपालिकाकै भवनमा एक कार्यक्रमकाबीच मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष भण्डारीले गाँउपालिकाका ९ वटै वडामा गठित कोरोना भाइरस नियन्त्रण तथा राहत समितिका सवै सदस्यहरुलाई पुग्नेगरि ५५ थान एन–९५ मास्क र ५५ वटा ह्याण्ड स्यानिटाइजर प्रदान गरेका हुन् ।

कोरोना संक्रमणको अवधिमा राप्ती सोनारी गाँउपालिकाका विभिन्न वडामा खटिएका राहत वितरण तथा तथ्यांक संकलन समितिका सदस्यहरुलाई मास्क तथा स्यानिटाईजर वितरण गरेको उनले बताए । प्रत्येक वडामा गठित उक्त समिति ५ देखि ६ जनाको समिति रहेकोछ । उनकाअनुसार गु्रपले ४५ हजार रुपैयाँको गुणस्तरीय एन–९५ मास्क तथा अल्कोहोल वेस हेण्ड स्यानिटाइजर वितरण गरिएको छ ।

बाँकेको राप्ती सोनारी गाँउपालिका निवासी समेत रहेका पत्रकार भण्डारीले जोखिमका अवधिमा गाँउपालिकाका विभिन्न वडामा रहेर कार्य गरिरहेका समितिका सदस्यलाई सहयोग गर्ने उद्देश्यका साथ उक्त सामाग्री प्रालिका अध्यक्ष भण्डारीले राप्ती सोनारी गाँउपालिकामै पुगेर मास्क तथा स्यानिटाइजर वितरण गरेका हुन् ।

कोरोना भाइरस संक्रमण र यसले सिर्जित असहज परीस्थितीमा अतिविपन्न तथा ज्यालामजदूरी गरि जिविकोपार्जन गर्ने परिवारलाई राहत प्रदान गर्न गाँउपालिकाले प्रत्येक वडास्तरमा समिति गठन गरि तथ्यांक संकलन र राहत वितरण गर्दैै आएकोछ ।

सोही कार्यमा क्रियासिल सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दैै ग्रुपको लगानीमा मास्क तथा स्यानिटाइजर वितरण गरिएको हो । सद्भाव ग्रुपका अध्यक्ष भण्डारीले भने–‘पहिलो कुरा म राप्ती सोनारी गाँउपालिकाको स्थानीयबासी, यो सगैं गाँउपालिकाप्रतिको मेरो उत्तरदायित्व र भूमिकालाई मध्यनजर गर्दै आफै अग्रसर भएर जोखिममा खटिने ब्यक्तिका लागि सहयोग पुगोस् भनेर अग्रसरता दिएका हौं ।’

भण्डारीले भने–‘महामारिका बेला सस्ता लोकप्रियता र चर्चा कमाउन उद्दत ब्यक्तिका कारण पीडित आमनागरिकले राहत मात्रै होइन राज्यबाट प्रदान गरिने अन्य सेवासुविधाबाट बञ्चित हुनु परेको अवस्थाछ ।’

चिकित्सकका अनुसार एन–९५ मास्कले कोरोना भाइरस संक्रमणलाई शतप्रतिशत रोक्ने बताउँछन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि एक मात्र उपयुक्त एन–९५ मास्क तथा स्यानिटाइजरको नियमित प्रयोगले जनताकै घरदैलोमा पुगेर सेवामा अहोरात्र खटिने गाँउपालिका कर्मचारी तथा उक्त समितिका सदस्यका लागि केही राहत हुने अध्यक्ष भण्डारीले विश्वास ब्यक्त गरे ।

मास्क तथा स्यानिटाइजर हस्तान्तर कार्यक्रममा बोल्दै राप्ती सोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले भने–‘गाँउपालिका बासी तथा पत्रकार दामोदर भण्डारीको एकल प्रयासमा मास्क तथा स्यानिटाइजर वितरणको कार्य प्रशंसनीय छ ।’ उनले थपे–‘कोरोना भाइरसको जोखिमका बेला गाँउपालिका बासी भएको नाताले गरिएको कार्य अरुले पनि अनुसरण गर्नुपर्ने बताए ।’

‘स्यानिटाइजर र एन–९५ मास्कले गाँउपालिकाको राहत वितरण तथा विपन्न र ज्यालामजदूरी गरि जिविको पार्जन गर्ने परिवारको तथ्यांक संकलन गर्ने कार्यमा खटिएकालाई थप हौसला र उत्प्रेरणा दिएकोछ’–अध्यक्ष थारुले थपे–‘यसरी नै सवै तह र तप्काका ब्यक्तिले आफू र आफ्नो क्षेत्रका बारेमा गम्भीर भएर सोचि दिए स्थानीय सरकारको काम कारबाही झन सहज र सरल हुनेछ ।’

एन–९५ मास्क तथा स्यानिटाइजर वितरणमा सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपाने, सद्भाव राष्ट्रिय दैनिकका सहसम्पादक विजय मल्ल, नागरिक समाजका सम्पादक रामु ओली तथा सद्भाव ग्रुपका प्रबन्ध निर्देशक रवि कनोजिया, ९ वटै वडाका वडाअध्यक्ष, नेपाल प्रहरी, शस्त्र प्रहरी लगायतको उपस्थिती रहेको थियो ।

सद्भाव ग्रुप प्रालि अन्र्तगत सद्भाव राष्ट्रिय दैनिक, रेडियो सद्भाव, सेतोखरी, सद्भाव प्रिटिङ्ग प्रेस र सद्भाव कलर हाउस रहेकाछन् ।