File Photo
नेपालगन्ज : विश्वब्यापी कोरनो भाइरस महामारीको यो लडाईँमा १६ जना नेपालीले जित हाँसिल गरेकाछन् । नेपालमा एकातिर कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागिरहेको छ भने अर्कोतर्फ कोरोनालाई नेपालीले हराउँदै आएकाछन् ।
सरकारले लगाएको लकडाउन र सामाजिक दूरीको नियमलाई प्रभावकारी ढंगबाट लागु गर्दा नेपालमा कोरोना संक्रमणको ग्राफ भयाबह अवस्थाबाट उकालो लाग्न सकेको छैन । यद्यपी नेपालमा दिनहुँ जसो एक जना कोरोना भाइरस संक्रमित भेटिन भने छाडेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आईतबार भएको प्रेस व्रिफिङमा नेपालमा थप दुईजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएकोछ । योसगैं नेपालमा कोरोना संक्रमितको संख्याले अर्धसतक पार गरि ५१ पुगेकोछ । आईतबार (आज) मात्रै वीरगन्जका दुई ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
कोरोना भाइरसका कारण हालसम्म नेपालमा कसैको पनि मृत्यु भएको छैन । सरकारको कोरोना भाइरस रोकथाम सम्बन्धि उच्च स्तरीय समितिका अनुसार प्रभावकारी लकडाउन र सामाजिक दूरीका कारण नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न नपाएको हो । यद्यपी नेपाल भने कोरो भाइरसको जोखिममा यथावत रहेकोछ ।
यसबीच सरकारले कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितिमा लगाइएको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको बुझिएको छ । तर, यसका जानकारहरुले केही समय थप लकडाउन कडाईका साथ लम्ब्याउनु पर्ने सुझाव दिएका छन् ।