रौतहटमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो


रौतहटमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

File Photo

नेपालगन्ज : रौतहटमा थप दुई जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५४ पुगेकोछ ।
काठमाडौँको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रौतहटको वृन्दावन नगरपालिका–९, भुसहा र देवाही गोनाही नगरपालिका–१, का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताएकाछन् ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेर्को यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टिनमै रहेका छन् ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जम्मा ५४ जना कोरोना भाइरस संक्रमित भइरहदाँ १६ जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् ।