नेपालगन्ज : सामाजिक सञ्जाल फेसबुकमा चर्चित पश्चिम नेपालकै लोकप्रिय फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ मा १ लाख सदस्य पुगेका छन् ।
छोटो समयमै नेपालगन्ज ग्यालरीमा सदस्य संख्या बढेर एक लाख पुगेको यसका परिकल्पनाकार एवं सञ्चालक समीरमान श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।
सन् २००९ जुलाईदेखी सञ्चालनमा आएको सामाजिक सञ्जालको यो ग्रुपले यसक्षेत्रमा विभिन्न सामाजिक गतिविधि गर्नुका साथैमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
नेपाल तथा नेपाल बाहिर रहेका बाँकेबासीलाई प्रत्यक्ष रुपमा जोड्न मद्द्दत पुर्याउँदै आएको नेपालगन्ज ग्यालरीले विषम परिस्थितका कारण समस्यामा परेका ब्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग उपलब्धता गराउनुका साथै सामाजिक विसंगति, विकृति तथा सामाजिक उत्तरदायित्वका लागि सम्बन्धित निकाय र आम नागरिकलाई घच-घाचाउने काम समेत गर्दै आएको परिकल्पनाकार तथा सञ्चालक श्रेष्ठले बताए ।
सामाजिक गतिविधिहरुमा युवा वर्गलाई सक्रिय बनाउन समेत प्रेरीत गरेको नेपालगन्ज ग्यालरीले उत्तिकै मात्रामा आम नागरिकबाट विश्वास र समर्थन पाइरहेकोछ ।
ग्रुपमा १ लाख बढि सदस्य जोडिएसगैं ग्रुपलाई चलायमान गराउन, यसको विश्वसनीयता र प्रभावकारितामा योगदान दिने ग्यालरीका थप एडमिन, प्रोमोटर, सदस्य लगायत आम नागरिकलाई नेपालगन्ज ग्यालरीका परिकल्पनाकार तथा सञ्चालक समीरमान श्रेष्ठले बधाई र धन्यबाद दिए ।
उनले आगामी दिनमा नेपालगन्ज ग्यालरीलाई विवादरहित, क्रियटिभ, नयाँपनका साथ विभिन्न सामाजिक कार्य गर्ने बताए ।