File Photo
नेपालगन्जः कोरोना भाइरसका कारण छिमेकी देश भारतमा मर्नेको संख्या एक हजार नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्म भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार सात पुगेको पुष्टि गरेको छ ।
यस्तै मन्त्रालयका अनुसार हाल भारतभर कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार तीन सय ३२ पुगेको छ । जसमध्ये सात हजार छ सय ९६ जना उपचार पछि घर फर्किएका छन् । भने २२ हजार ५ सय २९ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतले अपनाएको लकडाउनलाई अझ बढाएर लानुपर्ने विशेषज्ञले सुझाएकाछन् । यद्यपी भारत सरकारले कोरोना भाइरस संक्रमण जोखिम कम भएका वा नदेखिएका क्षेत्रलाई ट्रेसिङ्ग गरेर जनजिवन सामान्य बनाउने तयारी गरेको बुझिएको भएपनि भारतमा लगातार कोरोना भाइरसको संक्रमण र यसबाट मर्नेको संख्या बढेपछि लकडाउन तत्कालका लागि नखुल्ने भारत सरकारले जनाएकोछ ।