सांकेतिक तस्विर
नेपालगन्ज: कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर १२ हजा नेपालमा १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८ सय ६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको परीक्षण भएको छ ।
यस्तै प्रदेश १ मा ४ हजार ९ सय ८५ जनाको, प्रदेश २ मा ५ हजार ४ सय ५६ जनाको, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ जनाको, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११ जनाको, प्रस्तावित लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ९९ जनाको, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ जनाको र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडीटी परीक्षण गरिएको छ ।
हाल क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमण ५७ जना भएपनि कोरोना भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको छैन ।