६ जना एकै परिवारका , ‘घरभित्रै बसौं कोरोनाबाट बचौं’
नेपालगन्ज: बाँकेको नेपालगन्जमा सात वर्षीय बालकमा सेमत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । नेपालगन्जमा कोरोनाबाट संक्रमित मध्ये उनी सबैभन्दा कम उमेरका विरामी हुन् । भने अहिले सम्म देशमै भेटिएका कोरोना संक्रमित मध्ये उनी सवैभन्दा कम उमेरका संक्रमित हुन् ।
नेपालगन्जमा ३० जनाको स्वास्थ्य परीक्षण गर्ने क्रममा ती बालकमा हल्का ज्वरो लक्षण देखिएको थियो । स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण भएको जनस्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार बालकसहित बाँकेमा आयतबार कोरोना संक्रमति भएका सबैलाई आईसोलेशनमा राखिएकोछ । आईतबार कोरोना पोजेटिभ देखिएका नेपालगन्जका ९ जना बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ । भेरी अस्पतालका अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेर समूहका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डेण्ट डाक्टर प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जना ६० वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरु भएको बताए ।
गत शुक्रबार भेरी अस्पतालमा प्रयोगशाला परीक्षण (पीसीआर) मा नेपालगन्जको मदरसा पढाउने ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरीले कन्ट्याक्ट ट्रेसिङ गर्दा ९३ जना संक्रमितको सम्पर्कमा आएको फेला पारेको थियो । तीमध्ये ९० जनाको स्वाब परीक्षण शनिबार संकलन गरिएको थियो । बाँकी तीनसहित केहीको पनि नमूना संकलन भइसकेको छ ।
आईतबार संक्रमित पुष्टि भएका ९ जनालाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लग्न प्रहरीले स्कटिङ्ग गरेको थियो । डाक्टर थापाले हालसम्म ३० जनाको परीक्षण सकिएको र त्यसमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । साथै थप १० जनाको रिपोर्ट आज अबेर रातीसम्म आउनेछ ।
आईतबार देखिएका केस हिजोकै कन्ट्याक्ट ट्रेसिङका हुन् । शुक्रबारको फस्ट केसको कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पल लिएका केस हुन् । ३० जनाको परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखियो, उनले भने ।
बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले थप भेटिएका संक्रमितबारे बुझ्ने काम भइरहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालगञ्जका ५ पुरुष र ४ महिलामा पोजेटिभ देखिएको हो ।
शुक्रबार संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुष मदरसाका शिक्षक थिए । लकडाउनले मदरसा बन्द हुँदा घर–घरमा गएर पढाउँदै आएका थिए । प्रहरीले उनको कन्ट्याक्ट ट्रेसिङ नै नसकेका बेला नयाँ संक्रमित फेला परेपछि बाँकेबासी त्रसित भएका छन् ।
भेरी अस्पतालमा ल्याब परीक्षण (पीसीआर)मा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय पुरुष दुई महिनादेखि मदरसामा बस्दै आएको खुलेको छ ।
अस्पतालका मेडिकल सुपरिडेण्ट डाक्टर प्रकाश थापाले ‘नेपालगन्ज डिएसपी रोड पछाडी घर भई यहाँको एकलाइनीस्थित मदरसामा बस्दै आएको खुलेको बताए । थप जानकारी छैन । फोन पनि रहेनछ । अगाडिबाट कुरा गर्न मिलेन । मोबाइलको व्यवस्था गरेर बुझ्ने प्रयास गर्दैछौं,’ डाक्टर थापाले भने ।
बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले पनि संक्रमितबारे बुझ्ने काम भइरहेको बताए । ‘उनको टोलमा उनीसँग सम्पर्कमा आएका मानिसलाई अलग राख्ने काम सुरु भएको छ । बुझ्ने काम भइरहेको छ । हामी ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ खोज्दैछौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्जका ती पुरुषलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको जानकारी दिएका छन् ।
बाँकेको नेपालगन्जमा आईतबार एकै दिन ९ जना कोरोना भाईरस संक्रमित भेटिएपछि कोहलपुरमा उच्च सर्तकता अपनाईने भएको छ । नेपालगन्जसँग सीमा जोडिएको कोहलपुर नगरपालिकाले आफ्ना चारै क्षेत्रको नाका बन्द गरिनेछ ।
नेपालगन्जदेखी १६ किलोमिटर दूरीमा रहेको कोहलपुरका कोरोना भाईरस संक्रमण फैलन नदिन विभिन्न निति अवलम्वन गर्ने नगरपालिकाले बताएको छ ।
शुक्रबार नेपालगन्जका एक बृद्धमा कोरोना भाईरस संक्रमण देखिएपछि शनिबार त्यस क्षेत्रका ९० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ३० जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अन्य ६० जनाको स्वाब परिक्षणमै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
आईतबारसम्म देशभर मै २१ हजार ९ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् । रुपदेन्हीमा १, नेपालगन्जमा हालसम्म १, धनगढीमा १, विरगञ्जमा ९, भरतपुरमा १ विराटनगरमा ३१ जनाको उपचार भइरहेको थियो । सबैको संक्रमितको अवस्था सामान्य रहेको प्रवक्ता डाक्टर देवकोटा बताउँछन् ।
नेपालमा पीसीआरबाट १३ हजार ४ सय ६९ र आरडिटीबाट ४९ हजार ६ सय ८८ नुमना परीक्षण भएको छ । कुल ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमतिमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णलीमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिममा १५ हजार ७२ जनाको नमूना परीक्षण भएको छ ।