नेपालगन्जः प्रस्तावित लुम्बिनी प्रदेशको नेपालगन्जमा एकैपटक १५ जना कोरोना भाइरस संक्रमित पाइएपछि कर्णाली प्रदेश सरकारले उच्च सर्तकता अपनाएकोछ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले (आज) सोमबार राती १२ बजेदेखि प्रदेशका सवै नाका एक हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेकोछ ।
कर्णाली प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय गर्दै प्रदेशभर सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन कडा गर्ने निर्णय गरेको हो ।