जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भइ आएका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल ।
नेपालगन्ज : नेपालमै कुशल प्रशासकको रुपमा चिनिएका हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएकोछ । प्याकुरेल बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी भएकाछन् ।
एक महिना अघिमात्र नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट जिल्ला समन्वय समिति बाँकेको प्रमुखको रुपमा सरुवा भएर गएका प्याकुरेलको यही बैशाख २३ गते मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको हो ।
प्याकुरेल नेपालमै कुशल प्रकाशका रुपमा चिनिन्छन् । उनले बझाङ्ग, जुम्ला लगायत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफल कार्यकाल विताइसकेका छन् भने उनी प्रशासन कार्यालय होस् वा स्थानीय निकाय होस् जहाँ गएपनि सफल र उदाहरणीय कार्यकुशलता देखाउन सफल भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्ला प्रशासन कार्यालय बाँकेमा आफ्नो सरुवा भएको र एक दुई दिनमा हाजिर हुने सेतोखरीसंग बताए ।