बन्दाबन्दीको ४४ औं दिनः विरामीलाई सास्ती


बन्दाबन्दीको ४४ औं दिनः विरामीलाई सास्ती

साधनको अभावमा बोकेरै विरामी गन्तब्यतर्फ लगिदैं । तस्विरः कमल न्यौपाने /सेतोखरी

नेपालगन्जः नेपालमा लकडाउन भएको आज ४४ औं दिन भयो । बाँके सहित देशभरको जनजिवन लकडाउनकै कारण प्रभावित बनेकोछ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ । गएको शुक्रबार नेपालगन्जका एक जना ६० वर्षिय बृद्धमा देखिएको संक्रमण आज (बुधबार) सम्म २३ जनामा पुगेकोछ ।

कोरोना भाइरस संक्रमणका कारण बाँके उच्च जोखिममा भएसगैं यहाँ लकडाउनलाई कडा पारिएको छ । भने उपमहानगरक्षेत्रमा निशेधाज्ञा जारी गरि नगरका विशेष वडामा स्थानीयको स्वास्थ्य परीक्षण भइरहेको छ ।

बाँके प्रशासनले मंगलबारदेखि निशेधाज्ञा जारी गरेपछि यहाँको जनजिवन थप प्रभावित भएको हो । स्थानीय मेडिकल बाहेकका अन्य सवै व्यवसायिक केन्द्रहरु ठप्प छन् । सर्वसाधरण घरदेखि बाहिर निस्कन पाएका छैनन् । सवारी साधन चलेका छैनन् । यसले स्वास्थ्य उपचारका लागि भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज आएका नगरक्षेत्रका बाहिरका विरामीहरुले सास्ती खेपेको बताएकाछन् ।

उपचार सकिएपनि घर फर्किने कुनै साधन नभएको र नेपालगन्जमा भएका आफन्त पनि सम्र्पकमा नआउने भएपछि कतिपय विरामी र विरामीका आफन्त विरामीलाई बोकेरै भएपनि गन्तब्यमा फर्किरहेकाछन् ।