बाँकेको खजुरामा रहेको कोरोना बिशेष अस्पतालको आइसोलेसनका बारे सञ्चारकर्मीलाई जानकारी दिदै भेरी अस्पतालकी नर्सिङ अधिकृत तथा आइसोलेसन इन्चार्ज शिला शर्मा । तस्विर : विजय मल्ल /सेतोखरी
नेपालगन्जः हरेक क्षेत्रमा महिलाहरूको सहभागिता कम छ । त्यसमा पनि महिलाहरूले विभिन्न प्रकारका हिंसाको सामना गर्नुपर्छ । युद्धभूमीदेखि शयन कक्षसम्म महिलाहरूले विभिन्न हिंसा सहँदै आएका छन् ।
सबैजसो देशको सामाजिक संरचनाले महिलाहरूलाई विभिन्न विभेद तथा हिंसा सहन बाध्य बनाएको छ । समग्रमा भन्नुपर्दा नेपालमा महिलाहरूको स्थिति निकै नाजुक छ । विबिध समस्या छन् । तर, यी समस्यासँग जुध्दै कतिपय महिलाले उदाहरणीय काम गर्दै आएकाछन् ।
कोरोनाको संक्रमण अझै कतिपय महिलामा आफनो क्षमता देखाउँने माध्यम पनि बनिदिएको छ । यस अवधीमा बाँकेका धेरै महिलाले थोर बहुत काम गरेका छन् । जसमध्येकी एक हुन भेरी असप्तालकी नर्सिङ अधिकृत शिला शर्मा पनि । दुई बर्षको छोरालाई घरमा छोडेर उनी कोरोना संक्रमितको रेखदेख र सेवामा तत्लिन छन् ।
संक्रमितको उपचारमा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहन्छ । तर, यी सबलाई सहज र कुशल तरिकाले व्यवस्थापन गर्नु ठूलो चुनौती पनि देखिएको छ । नर्सिङ अधिकृत शर्माले यही चुनौतीलाई अवसरका रूपमा परिणत गरेकी छन् ।
बर्दियाको बर्गदामा बाबु राममणि र आमा देवा शर्मा अधिकारीको कोखबाट २०४३ सालमा जन्मिएकी शिला अहिले भेरी अस्पताल नेपालगन्जमा नर्सिङ अधिकृतको रुपमा कार्यरत छन् ।
नेपालगन्जमा १९ गते पहिलो पटक कोरोना संक्रमित भेटिएदेखि बिहीबारसम्म २३ जना संक्रमति खजुरामा रहेको कोरोना बिशेष अस्पतालमा उपचारार्थ छन् । यहाँ उनीहरूको उपचार तथा सेवा र रेखदेखका लागि केही नर्सहरू समेत खटाइएको छ ।
जसको कमाण्ड भेरी अस्पतालकी नर्सिङ अधिकृत शिलाले सम्हालेकी छन् । बच्चा छोडेरै भएपनि कोरोना संक्रमितको सेवा र रेखदेखमा शुरुवाती दिनदेखि नै सक्रिय लागि परेकी छन् । उनी मातहत स्टाफ नर्स बसुन्धरा ज्ञवाली सहितका भेरी अस्पतालमै कार्यरत अन्य महिला स्वास्थ्यकर्मी पनि छन् ।
कोरोना बिशेष अस्पतालमा कमाण्ड सम्हालिरहेकी नर्सिङ अधिकृत शिला यतिबेला कोरोना पोजेटिभ बिरामीसँग आफ्नो जिबन नै जोखिममा राखी उच्च मनोबल साथ उपचाररत छन् ।
आफनो जिन्दगीको ठूलो जोखिम लिएर कोभिड १९ बिरामीहरूको ख्याल राख्दैछु उनी भन्छिन ‘कोरोना संक्रमित विरामीहरुको उपचारमा खटेका थुप्रै चिकित्सक र नर्सहरुले ज्यान गुमाएको अवस्थामा उचित सावधानी अपनाइएको छ ।’
अमेरिका लगायतका सम्पन्न देशका अस्पतालहरुमा पनि यथेष्ट पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) हरु नभएको समाचारहरु आइरहेका नै छन् । अब तपाई हामी आफै सोचौं बाँकेको खजुरामा रहेको अस्प्तालको अवस्था कस्तो होला त ? तर, पनि उनको टीम सक्रमितको रेखदेख र सेवामा सक्रिय नै देखिएको छ ।
यो कोरोना विरुद्धको लडाइ कति लड्नुपर्ने हो, कुनै अनुमान पनि छैन, त्यसैले मास्क, पञ्जा र अन्य सामग्रीहरुको खपत जरू देखिएको उनको बुझाई छ ।
बाँकेमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । भेरी अस्पताल, कोरोना संक्रमितलाई निको बनाउन दिनरात खटिने अस्पताल मध्येको एक हो । संक्रमितको उपचारमा यहाँका स्वास्थ्यकर्मी जुटिरहेका छन् । उनको टिम अहिले दिनरात संक्रमितको रेखदेखमा निरन्तर खटिरहेको छ ।
कोरोना संक्रमितको छेउमै स्वासथ्यकर्मी जान त्रसित भैरहेको बेला उनको नेतृत्व र व्यवस्थापनले यसलाई सम्भव बनाइदिएको छ । अहिले यहाँ थुप्रै स्वास्थ्यकर्मीमा आँट देखिएको छ । र, प्रायः स्वास्थ्यकर्मी संक्रमितको सेवामा लागिपरेका छन् ।
सीमित जनशक्ति र विभिन्न उत्प्रेरणाको अभावका कारण शुरुवाती दिनमा त्रास बढेपनि अहिले काम गर्दै जाँदा त्रास भन्दा पनि हौसला बढेको उनको भनाई छ ।
नेपालमा पहिलो संक्रमित देखिए लगत्तै हामीले तयारी सुरु गरेका थियौं भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा भन्छन् ‘कसलाई कसरी खटाउने, उपचारलाई कसरी सहज बनाउने लगायत सबै तयारी समयमै भयो त्यसैले अहिले काम गर्न सजिलो भएको छ ।’