सांसदलाई कोरोना पोजेटिभ देखिएला !


सांसदलाई कोरोना पोजेटिभ देखिएला !

नेपालगन्ज: संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारले बिहीबार ४ सय ४१ सांसदको स्वाब संकलन गरेकोछ । भोली शुक्रबारदेखि वर्षे संसद अधिवेशन शुरु हुदैछ ।

देशमा कोरोना भाइरस संक्रमण बड्दै गएपछि प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसद, सदस्य, कर्मचारी तथा मर्यादापालक गरि ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से हलमा आज विहीबार संकलन गरिएको स्वाबमा १ सय ७९ प्रतिनिधिसभाका सांसद, ३३ राष्ट्रियसभा सदस्य तथा कर्मचारी र मर्यादापालक २ सय २९ गरी ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।
संकलन गरिएका स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ ।

भोलि (शुक्रबार) ४ बजे संसदको बजेट अधिवेशन सुरु हुँदै छ । त्यसअघि सांसदहरूको रिपोर्ट आइसक्ने र पोजिटिभ आए बैठकमा सहभागी नगराउने र नेगेटिभ आएकालाई मात्र सहभागी गराइने छ ।

हाल राष्ट्रियसभामा ५८ र प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । परीक्षण गर्न छुटेका सांसद तथा कर्मचारीहरूको स्वाब भोली बिहान ८ देखि १० बजेसम्म संकलन गर्ने सचिवालयको तयारी छ ।

सांसद लगायतको बिहीबार स्वाब संकलन गरिएसगैं यतिबेला देशभर यो समाचारले चर्चा बटुलेकोछ । यसरी सांसदको स्वाब संकलन गरिएकाले सांसद लगायतका ब्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएला वा नदेखिएला त्यसको नतिजाका लागि भोली बेलुकासम्म कुर्नुपर्ने हुन्छ । तर, यसअघि नै विभिन्न सामाजिक सञ्जालमा सांसद लगायतमा कोरोना भाइरस संक्रमण हुनसक्ने र नहुने भन्नेहरुले आफ्ना मत जाहेर गरिरहेकाछन् ।