नेपालगन्जका ६० वर्षिय बृद्धको दोस्रो रिर्पोट पनि पोजेटिभ


नेपालगन्जका ६० वर्षिय बृद्धको दोस्रो रिर्पोट पनि पोजेटिभ

नेपालगन्जः प्रस्तावित लुम्बिनी प्रदेशको बाँकेमा गत वैशाख १९ गते पहिलो पटक भेटिएका कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ भेटिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका–७, गगनगन्ज निवासी निवासी ६० वर्षीय बृद्धको दोस्रो पटक गरिएको परीक्षणमा पुनः पोजेटिभ भेटिएको हो ।

भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाका अनुसार दोस्रो पटकपनि पोजेटिभ देखिएका ६० वर्षीय बृद्धको स्वास्थ्य अवस्था सामान्य रहेकोछ । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको एक सातापछि उनको पुनः परीक्षण गरिएको हो ।