नेपालगन्ज: नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार जारी गरेको सूचना अनुसार पर्सामा मात्र ३९ जना कोरोना संक्रमित थपिएकाछन् ।
यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि हिजो सोमबार मात्रै २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।