गृहद्वारा सबै सवारी पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने


गृहद्वारा सबै सवारी पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

File Photo

नेपालगन्ज : पत्रकार तथा नर्ससहित ५७ जनामा कोरोना संक्रमण देखिएपछि गृह मन्त्रालयले एक जिल्लादेखि अर्को जिल्ला बन्द गरेकोछ ।

गृह मन्त्रालयले यसअघि जारी गरेका सबै सवारी पास रद्द गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाएको हो ।

लगातार पछिल्लो समय देशमा कोरोना भाइरस संक्रमण देखिएपछि उच्च सर्तकता अपनाएको सरकारले यस्तो निर्णय गरेको छ । गृहले मंगलबार दिउँसो यस्तो निर्णय गर्दै आवतजावतमा कडाइ गरेकोछ ।

यो निर्णयसगैं लागुभएसगैं यसअघि देशभर लिएका सवारी पास स्वतः रद्द भएको छ । भने निर्णय पर्सी बिहीबारदेखि लागु गरिदैंछ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । आज मङगलबार मात्रै दुईजना पत्रकार सहित नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।