आइसोलेसन कक्षबाट भागेका दुई कोरोना संक्रमित पक्राउ

जाबेदलाई सहयोग गर्ने पाँचजनालाई क्वारेन्टिनमा राखियो


आइसोलेसन कक्षबाट भागेका दुई कोरोना संक्रमित पक्राउ

नेपालगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा कक्षबाट भागेका दुईजना पक्राउ परेकाछन् ।

अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयको भेण्डिलेटर फोडर भागेका थिए । उनीहरु मंगलबार भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसन कक्षबाट भागेका कोरोना संक्रमित राजनाथ यादव र असफर हवारी भन्ने जाबेद मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार नै साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ ।

अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति उनको मावलीबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

यस्तै पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनलाई साइकलमा राखेर मावली घर पुर्याउने एक व्यक्तिसहित ५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।