शल्यक्रिया गर्ने तयारी गरिएका ६ वर्षिया बालिकामा कोरोना


शल्यक्रिया गर्ने तयारी गरिएका ६ वर्षिया बालिकामा कोरोना

नेपालगन्ज : नाक कान घाँटी विभागमा चेकजाँपछि शल्यक्रियाका लागि भर्ना भएकी ६ वर्षिया बालिकामा कोरोना भाइरस देखिएकोछ ।

हाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना देखिएपछि चिकित्सक अन्यौलनमा परेकाछन् ।

कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । उनलाई अस्पतालको न्यूरो वार्डमा राखिएको थियो ।

अस्पतालका निर्देशक प्रेमसिंह खड्गाका अनुसार बालिका अहिले अस्पतालमै छन् । उनको आज शल्यक्रिया गर्ने योजना थियो ।

अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना देखिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको निर्देशक खड्गाले जानकारी दिए ।

पछिल्लो समय कपिलवस्तुमा कोरोनाका संक्रमित दैनिकजसो भेटिन थालेका छन् । ती बालिकालाई पनि उतै हुँदा कोरोनाको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।