नेपालगन्ज : नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी देवचुलीका १ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा कोरोना भाइरस संक्रमित संख्या २४६ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित पुरुष स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डाक्टर अधिकारीले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको मृत्यु भएको छैन । यस्तै कोरोना भाइरस संक्रमित मध्ये ३५ जना निको भएर घर फर्किसकेकाछन् ।