टिचिङ्ग अस्पतालका डाक्टर, नर्स र विरामी सहित २५ जनाको स्वाब संकल


टिचिङ्ग अस्पतालका डाक्टर, नर्स र विरामी सहित २५ जनाको स्वाब संकल

नेपालगन्ज: नाक कान घाँटी विभागमा चेकजाँपछि शल्यक्रियाका लागि भर्ना भएकी ६ वर्षिया बालिकामा कोरोना भाइरस देखिएपछि २५ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएकोछ ।

अस्पतालले सो वार्डमा रहेका १५ जना बिरामी र चिकित्सक, नर्स र अन्य सहयोगी १० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको जनाएको छ । यतीबेला ती बालिकालाई आईसोलेसन वार्डमा सारिएको छ ।

कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । उनको घाँटीमा मासु पलाएपछि अस्पतालले आज शल्याक्रिया गर्ने तयारी गरेको थियो ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना देखिएपछि चिकित्सक अन्यौलनमा परेकाछन् । उनी उपचारका लागि कपिलवस्तुबाट वैशाख ३० गते काठमाडौं आएकी थिइन् । ती बालिकाको शल्यक्रिया गर्नु अघि पिसिआर जाँच गरेर मात्रै शल्यक्रिया गर्ने निर्णय गरेपछि पिसिआर गरिएको थियो । उनको परीक्षण पोजेटिभ आएपछि सो वार्डमा खटिएका चिकित्सक सहितको स्वास्थ्यकर्मी र वार्डमा भर्ना भएका बिरामीहरु त्रसित भएका छन् ।

उपचारका लागि देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने क्रम जारी रहेको तर अस्पतालले उनीहरुको ट्राभल हिस्ट्रिी नगर्दा सबैलाई जोखिममा पारेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आपत्ति जनाएका छन् । भर्ना भएका र ओपिडीमा गरी दैनिक २ सय बिरामी अस्पतालमा पुग्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

शल्यक्रिया गर्ने तयारी गरिएका ६ वर्षिया बालिकामा कोरोना