लकडाउनमा ५१ जनाले रोजगारी पाए
नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेको वाटरपार्कको सौन्दर्यकरणको कार्य अघि बढाइएकोछ ।
लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरि वाटरपार्कको सौन्दर्यकरणको काम सुरु गरिएको हो । केही दिनअघि नेपालगन्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समिति मार्फत रोजगार दिने निर्णय गरेको थियो । सोअनुसार पहिलो दिन वाटरपार्क सौन्दर्यकरणको काममा ५१ जनाले रोजगारी पाएकाछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले उपभोक्ता समितिामार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम सुरु गरिएको जानकारी दिए ।
वाटरपार्कको बिहिवार स्थलगत अनूगमन गर्दै नगरप्रमुख डाक्टर धवलशम्शेर राणाले नेपालगन्जको धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको बताए ।
अनुगमनमा वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा, ईञ्जिनियर सुरज शर्मा लगायतको सहभागिता थियो ।