सीमामा अलपत्र परेका नेपाली र भारतीयलाई ल्याउने र पठाउने कार्य जारी

दुबैदेशका उच्च अधिकारी सीमामा, करिब पाँच सय बढी नेपाली ल्याइदैं उत्तिकै मात्राका भारतीय पठाइदैं


सीमामा अलपत्र परेका नेपाली र भारतीयलाई ल्याउने र पठाउने कार्य जारी

नेपालमा रहेका भारतीयलाई नेपाली बसमा राखेर भारतको नानपारा पठाइदै । तस्विर: सेतोखरी

नेपालगन्ज: कोरोना भाइरसका कारण जारी लकडाउन र नेपाल–भारत सीमा बन्दमा अलपत्र परेकालाई यतिबेला पठाउने र ल्याउने कार्य जारी रहेको छ । नेपालगन्ज जमुनाह नाकाबाट भर्खरैमात्र भारतीयलाई ६ वटा बसमा राखरे भारतको नानपारा पठाइएकोछ । तर, नेपाली आएका छैनन् ।

प्रदेश सांसद कृष्ण केसी नमुनाको नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली र नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर तथा भारतीय उच्च अधिकारीको सहयोगमा उनीहरुलाई आ–आफ्नो देशमा पठाइएको हो ।

प्रदेश सांसद केसीको सक्रियतामा विगत लामोसमयदेखि नेपाल र भारतका क्वारेन्टिनमा बसेका आम नागरिकलाई आ–आफ्नो देशमा पठाउने कार्य बिहीबार उच्च स्तरको प्रक्रिया अघि बढेको हो ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा बिहीबार साँझसम्म करिब एक हजार भारतीय नागरिकहरु सडक छेउमा आफ्नो देश जाने पर्खाईमा बसेका थिए । उनीहरुलाई बसको ब्यवस्था गरेर जमुनानाका पार गराउने क्रम चलेको उनले बताईन ।

यसैगरी भारतको बहराईच जिल्लाको रुपैडिहामा करिब पाँचसय बढि नेपाली नेपाल प्रवेश गर्ने पर्खाइमा सडक छेउ बसेको भारतको रुपैडिहा स्थित पत्रकार सन्तोष शुक्लाले सेतोखरीलाई बताए ।

यतिखेर सीमामा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली लगायतको उपस्थिती रहेकोछ । नेपालको बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र भारत बहराईच जिल्लाका डिएमबीच दुवैदेशको सीमानाका कडा र चुस्तदुरुस्त बनाउने उच्चस्तरीय समन्वय र सहकार्य भएकोछ । आज बिहीबार बेलुकादेखि दुबैदेशका नागरिकलाई आफ्नो देश पठाउने कार्य भोली शुक्रबार बिहानसम्म सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सेतोखरीलाई बताए ।

नेपाल–भारत दुबैदेशका अधिकारीबीचको समयन्वमा नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीलाई आ–आफ्नो देश लाने र लैजाने ब्यवस्था मिलाइएकोछ ।

बाँकेमा रहेका करिब ५ सय बढि भारतीय र नेपाल–भारत सीमा रुपैडिहा तथा नानपारमा रहेका करिब ५ सय बढी नेपालीलाई पठाउने र ल्याउने कार्य यतिबेला चलिरहेकोछ ।

लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमामा अलपत्र परेका पाँच सय बढि नेपालीलाई नेपाल भित्र्याइदैछ । नेपाल भित्र्याईका केहीलाई बाँकेका विभिन्न स्थानका क्वारेन्टिनमा राखिनेछ भने अन्यत्र जिल्लाका केहीलाई सम्बन्धित जिल्लामा बुझाईनेछ ।

दुई देशका अधिकारीबीच भएको सहमति अनुसार अहिले नागरिकलाई पठाउने र ल्याउने कार्य जारी रहेकोछ । भोली विहानसम्म नेपालीलाई नेपालमा र भारतीयलाई भारत पठाइसक्ने गरि कार्य भइरहेको जमुनाह प्रहरी ईन्चार्ज सई माधव रिजालले जानकारी दिए ।

यो पनि पढ्नुस्

सीमामा अलपत्र परेका नेपाली र भारतीयलाई ल्याउने र पठाउने तयारी