सांकेतिक तस्विर
नेपालगन्ज : पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।
बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।
नेपालमै पहिलोपटक कोरोना संक्रमित ब्यक्तिलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासनले यस्तो व्यस्था गरेको हो । आइसोलेसनमा उपचाररत कोरोना संक्रमित भाग्दा स्वास्थ्य सुरक्षा जोखिममा पर्ने भन्दै यस्तो निर्णय गरिएको हो ।
आज शुक्रबार बिहान बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सगैं देशमा कोरोना संक्रमित संख्या २ सय ५८ पुगेकोछ ।
यस्तै ३५ जना कोरोना संक्रमित निको भएर घर पुगिसकेकाछन् । भने हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।