प्रस्तावित लुम्बिनी प्रदेशको दाङमा पनि कोरोना संक्रमित भेटियो

काठमाडौंका ७ वर्षीय बालकसहित वीरगन्ज, उदयपुर र दाङका ९ जनामा कोरोना


प्रस्तावित लुम्बिनी प्रदेशको दाङमा पनि कोरोना संक्रमित भेटियो

नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशको दाङ जिल्लामा पहिलोपटक कोरोना भाइरस संक्रमित फेला परेका छन् । दाङमा पहिलोपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा दाङको गढवा–४, ५ र तुल्सीपुर–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार बेलुकासम्म नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष तथा काठमाडौ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि शुक्रबार बिहान ९ जनामा कोरोना देखिएको थियो । भने शुक्रबार दिनभर कोरोना संक्रमण देखिने जम्मा संख्या १८ पुगेकोछ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ । हालसम्म ३६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

यसबीच बाँकेको नरैनापुर गाँउपालिकामा शुक्रबार भेटिएका ८ जना कोरोना भाइरस संक्रमितलाई आज बेलुका ४ बजे दाङको बेलझुण्डि पठाइएकोछ ।

यो पनि पढ्नुहोस्

गाउँपालिकाले उद्दार गरेका ब्यक्तिमा कोरोना देखियो

बाँके नरैनापुरका ८ जना कोरोना संक्रमितलाई दाङ पठाइयो

नेपालगन्ज जमुनाह नाकाबाट उद्दार गरिएका तीन जनामा आरडीटि पोजेटिभ