बर्दिया सहित थप ६ जनामा कोरोना संक्रमण

देशमा कोरोना संक्रमितको संख्या २७३ पुग्यो


बर्दिया सहित थप ६ जनामा कोरोना संक्रमण

नेपालगन्ज: नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार बिहन बर्दिया सहित जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ ।

मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ की २८ वर्षीय महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला, चितवन गढौली १ की २५ वर्षीय महिलामा कोरोना देखिएको हो ।

गत माघ १० गते पहिलो कोरोना संक्रमित नेपालमा देखिएको थियो । हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन भने कोरोनालाई जितेर घर फर्किनेको संख्या पनि बढेर आएकोछ । हालसम्म ३६ जना कोरोना संक्रमित निको भइसकेकाछन् ।