नेपालगन्ज: नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार बेलुका धनुकुटा निवासी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी सहित तीन जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएकोछ ।
यस्तै विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।
यस्तै आईतबार भेटिएका कोरोना संक्रमितसगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये मध्ये १७ जना उपचारपछि निको भएका छन् ।