पत्रकारका लागि प्रेस काउन्सिलको परिचपत्र अनिवार्य
नेपालगन्जः कोरोना भाइरसका कारण बाँकेमा एकजनाको मृत्यु भएसगैं बाँके प्रशासनले यसअघि जारी गरेका सवै सवारी पास खारेज गरेकोछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आईतबार एक सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।
बाँकेका सहायक जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा जारी उक्त सूचनामा प्रशासनले यसअघि जारी गरेको ई–पास तथा अन्य सवारी पास रद्द गरिएको उल्लेख छ । सोमबारदेखि लागुहुने गरि उक्त निर्णय कार्यान्वयन हुने जनाइएकोछ ।
गृह मन्त्रालयले जेठ ३ गतेदेखि लागुहुनेगर देशभरका सबै किसिमका सवारी साधन पास रद्द गरेको निर्णय अनुसार उक्त निर्णयलाई कार्यान्वयन गर्दै जिल्ला प्रशासन बाँकेले यस्तो निर्णय गरेको हो ।
कुनैपनि बहानामा सवारी नचलाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सवारी साधन नचलाउन आग्रह गरेकोछ । बाँके प्रशासनद्वारा जारी सूचना उल्लङ्घन गरेको पाइएमा कानूनी कारबाही समेत गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याद्वारा जारी सूचनामा उल्लेखछ ।
जिल्लाका सबैप्रकारका सवारी पास रद्द गरिएपनि अत्यावस्यक सेवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शवबहान, दमकल, फोहरमैला, औषधी पसल लगायतलाई छुट दिइएकोछ । तर, यी लगायतका सवारी साधन प्रयोगकर्ताले सम्बन्धित कार्यालयको परिचयपत्र अनिवार्य बोक्नुपर्ने हुन्छ ।
यस्तै सञ्चारकर्मीका लागि भने प्रेस काउन्सिलद्वारा जारी परिचय पत्रवालालाई मात्र छुट दिइने जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनामा उल्लेखछ ।