संक्रमितको संख्या ३०४ पुग्यो, २ जनाको मृत्यु
नेपालगन्ज : सरकारले पछिल्लो समय कोरोना भाइरस संक्रमण जाँचको दायरा बढाएसगैं नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर आएकोछ ।
नेपालमा सोमबार विहानमात्रै थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वी तराईको रौतहटमा ८ र बारामा १ गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३ सय ४ पुगेकोछ ।
मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा (आज) सोमबार बिहानमात्रै रौतहट जिल्लाको इशान नगरपालिका वडा नम्बर २,३,६ र ९ निवासी २१,२१,२३,२५,२५,२९ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै रौतहट जिल्लाकै माधबनारायण नगरपालिका वडा नम्बर३ निवासी २८ वर्षीया महिला रहेको उल्लेखछ ।
यसैगरी बारा जिल्लाको करैयामाई –५ निवासी ३८ वर्षीय एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । हालसम्म प्राप्त जानकारीअनुसार संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्र्पकमा रहेको बुझिएकोछ ।
देशभर संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् । भने संक्रमितमध्ये नेपालमा २ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी र बाँकेको नरैनापुर गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका २५ वर्षिय युवकको मृत्यु भएकोछ ।