बाँकेमा ठूलो संख्यामा कोरोना पोजेटिभ भेटिएको जानकारी, बेलुका स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने


बाँकेमा ठूलो संख्यामा कोरोना पोजेटिभ भेटिएको जानकारी, बेलुका स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने

नेपालगन्ज : बाँकेमा सोमबार ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ भेटिएका छन् । भेरी अस्पताल नेपालगन्जले जनाएअनुसार बाँकेमा ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ भेटिएको जनाएकोछ ।

‘समुदायमा कोरोना फैलिएको भेटिएकोछ । पिसिआर परीक्षणबाट ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ भेटिएका छन् ।’ भेरी अस्पताल स्रोतले भन्यो–‘बाँकेमा भेटिएका कोरोना भाइरस संक्रमितको तथ्यांक आज बेलुकासम्म स्वास्थ्य मन्त्रालयले जानकारी गराउनेछ ।’

जिल्लामा स्थिति भयाबह देखिएपछि सजगता अपनाउन चिकित्सकहरुले सवैलाई सुझाव दिएका छन् ।