बाँकेका ४७ जनामा कोरोना पुष्टि


बाँकेका ४७ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको १९२ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसगैं बाँकेमा ८१ जना कोरोना पोजेटिभ भेटिएका छन् । जसमध्ये हिजो आईतबार मात्रै २५ वर्षिय एक युवकको मृत्यु भएकोछ ।

सोमबार भेटिएका ४७ जना सवै बाँकेको नरैनापुर क्षेत्रका हुन् । राज्यतहबाट बाँकेमा प्रभावकारी स्वास्थ्य परीक्षण गरिएमा संक्रमितहरुको संख्या बढ्दै जाने देखिएकोछ ।

आगामी दिनमा आम नागरिकको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउदै लाने भेरी अस्पताल बताँउछ ।