प्रदेश पाँचका डिआईजीको आगमन नेपालगन्जमा


प्रदेश पाँचका डिआईजीको आगमन नेपालगन्जमा

नोपलगन्ज : प्रदेश नम्बर ५ डिआईजी रबिन्द्र बहादुर धानुक नेपालगन्ज आइपुगेकाछन् ।

बाँके जिल्लामा कोरोना महामारी फैलिएपछि डिआईजी धानुक मङ्गलबार बिहान ११ बजे दाङ तुल्सिपुरबाट नेपालगन्ज आइपुगका हुन् ।

नेपालगन्जमा कोरोना भाइरस संक्रमित राख्न ठाँउ अभाव आपसी असमझदारी र अन्यौलताको स्थिती छाएपछि समन्वय र ब्यवस्थापनका लागि डिआईजी धानुक नेपालगन्ज आएको बाँके प्रहरीले जनाएको छ ।

डिआइजी धानुक नेपालगन्जका विभिन्न प्रशासन प्रमुख, स्थानीय निकाय, चिकित्सक लगायतसंग भेटघाट गरि बाँके जिल्लामा भेटिएका कोरोना भाइरस संक्रमितहरु उचित व्यवस्थापन र अन्य समस्या समाधानमा प्रमुख भूमिका खेल्ने बताइएको छ ।

डिआइजी आउने खबर पाएपछि बाँके जिल्लाको सुरक्षा ब्यवस्था थप कडा पारिएको छ । ११ बजेदेखि ३ बजेसम्म नाममात्रको लकडाउन राखेर जथाभावि सवारी साधन र भीडभाड हरेक दिन भइरहेपनि डिआइजी आउने भएपछि सवारी चलाउन कडाई गरिएको छ ।