नेपालमा थप २७ जनामा कोरोना पुष्टि


नेपालमा थप २७ जनामा कोरोना पुष्टि

नेपालगन्ज: नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबारको प्रेस व्रिफिङ्गमा देशभरका विभिन्न जिल्लाका थप २७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयका अनुसार (आज) मङ्गलबार सार्वजनिक तथ्यांक अनुसार थप भएका २७ जना कोरोना संक्रमित २७ देखि ४२ वर्षका रहेका छन् । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मङ्गलबार थपिएका कोरोना भाइरस पोजेटिभ मध्ये काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसगैं नेपालमा कोरोना संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

यसअघि मङ्गलबार बिहान झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै मन्त्रालयले सोमबार राती सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा बाँकेको नरैनापुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसगैं एकैदिन बाँकेको नरैनापुरमा कोरोना भाइरस पोजेटिभ ५९ जना भेटिएकाछन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । भने ३७ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमित सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

कोरोना भाइरसबाट मङ्गलबार झापाका १ जना संक्रमित डिस्चार्ज भएका हुन् । उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए ।