नेपालमा पहिलोपटक डाक्टरमा कोरोना पुष्टि
File Photo
नेपालगन्ज : नेपालमा पहिलोपटक डाक्टरलाई कोरोना भाइरस संक्रमण भएकोछ ।
स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सकलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो । जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको छ ।
नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको यो नै पहिलो हो । यसअघि धनकुटामा कार्यरत एक नर्स, वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत एक नर्स र तौलिहवा अस्पतालमा कार्यत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।
मंगलबार उपत्यकाका तीन जिल्ला ललितपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।