प्रदेश पाँचमा थपिए १३ कोरोना संक्रमित


प्रदेश पाँचमा थपिए १३ कोरोना संक्रमित

नेपालगन्जः प्रदेश पाँचका दुई जिल्लामा थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश पाँचको रुपन्देही र कपिलवस्तुमा बुधबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४ सय १५ पुगेकोछ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कपिलबस्तुका १२ र रुपन्देहीका एक जना युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बुझिएकोछ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेकोछ । भने ३७ जना निको भएर घर फर्किसकेकाछन् ।