सांकेतिक तस्विर
नेपालगन्ज : महानगरीय प्रही वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप १ सय ४५ प्रहरीलाई क्वारेन्टिनमा राखिएकोछ ।
महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभागका १ सय ४५ प्रहरीलाई क्वारेन्टिनमा राखिएको हो ।
गएराती मात्रै ती दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यतिबेला उनीहरूको सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
कालीमाटी वृत्तमा डीएसपीको कमाण्डमा ९१ जना र ट्राफिक प्रभागमा इन्सपेक्टरको कमाण्डमा ५४ जना कार्यरत छन् । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेकोछ । भने ३७ जना निको भएर घर फर्किसकेकाछन् ।