बाँकेमा कोरोना संक्रमित संख्या ९९ पुग्यो

१ जनाको मृत्यु


बाँकेमा कोरोना संक्रमित संख्या ९९ पुग्यो

File Photo

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमित संख्या ९९ पुगेकोछ । गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज वडा नम्बर ८ का ६० वर्षिय बृद्धमा कोरोना भाइरस पोजेटिभ पहिलो पटक पाइएको थियो ।

त्यसयता १९ दिनमै बाँकेमा कोरोना संक्रमित संख्या ९९ पुगेको छ । योसगैं देशमै सबै भन्दा बढि बाँके जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसमध्ये एक जना २५ वर्षिय युवकको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार सार्वजनिक गरेको कोरोना भाइरस संक्रमित तथ्यांकमा बाँकेका ६ जना सहित देशभर २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिका १ गरि थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । जसमध्ये बाँकेको खजुरा गाउँपालिकामा पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएको हो ।

जेठ ५ गते बाँकेको खजुरा गाउँपालिकाबाट लिइएको ३ नमुना स्याम्पलबाट १ जना र नरैनापुर गाउँपालिका वडा नम्बर ५ नमुना प्रावि मोतिपुरबाट संकलन गरिएको ९६ स्वाबमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ ।