नेपालगन्जः नेपालमा एकैदिन चार जना कोरोना पोजेटिभ निको भएर डिस्चार्ज भएकाछन् । योसगैं नेपालमा कोरोनालाई जित्नेको संख्या ४९ पुगेकोछ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन् । उनीहरुको पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो ।