नेपालगन्जः नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।
रुपन्देही र झापा गरि ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । रुपन्देहीका १ जना झापाका ८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयको नियमति पत्रकार व्रिफिङ्गका क्रममा उनले यस्तो बताएका हुन् । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन् । भने संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ ।