बाँकेको खजुरा र नरैनापुरमा थपिए कोरोना संक्रमित


बाँकेको खजुरा र नरैनापुरमा थपिए कोरोना संक्रमित

नेपालगन्ज : प्रदेश पाँचको बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस पोजेटिभ पाइएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेको नरैनापुर–३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा तथा कपिलवस्तु सद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसगैं नेपालमा कोरोना संक्रमित संख्या ४ सय ५७ पुगेकोछ ।

बाँकेको खजुरा गाउँपालिकामा कोरोना भाइरस संक्रमित संख्या दुई पुगेकोछ । भने बाँकेको नरैनापुरमा मात्रै ७४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एक जना २५ वर्षका युवाको कोरोनाका कारण यसअघि मृत्यु भइसकेकोछ ।

यस्तै बिहीबार मात्रै प्रदेश पाँचको दाङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पोजेटिभ पाइएकोछ ।

दाङ घोराहीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको बताइएको छ ।